विश्व वातावरण दिवसको अवसरमा बौनिया बजार सरसफाइ

बर्दगोरिया । विश्व वातावरण दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा वजार सरसफाइ गरिएको छ ।

जुनकीरी नेपालको आयोजना सोमबार विश्व वातावरण दिवसको अवसर पारी बौनिया बजार सरसफाइ गरिएको जुनकीरी नेपाल की अध्यक्ष अपेक्षा रोकाय जानकारी दिइन ।

अध्यक्ष रोकायका अनुसार “प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मानवको हो । वातावरण स्वच्छ भए मात्र मानव जिवन स्वच्छ रहने हुँदा सर्वप्रथम वातावरण स्वच्छ राख्न को निम्ति राष्ट्रिय नारा अनुसार आफुहरुले सरसफाइ कार्यक्रम गरेको बताइन । वातावरण पदूषणका कारण अहिले मानव जिवनमा विभिन्न खाले रोगको आक्रमण हुँदै आएको हुँदा सबैले वातावरण मैत्री दैनिक उपयोग हुने सामाग्री प्रयोग गर्न अनुरोध गरिन ।

सोही क्रममा उनले भनीन, जुनकीरी नेपाल कुनै पनि दिवस लाइ मध्य नजर गरेर काम नगर्ने संस्था हो । यसले आवस्यकता अनुसार जुनसुकै बेला पनि आफ्ना कार्यक्रम प्रभावकारी तरिकाले गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार