मुक्त कमैयाहरुको आयआर्जनका लागि बर्दगोरियामा बाख्रा वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा मुक्त कमैयाहरुको आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ ।

 

पालिकाको पशुसेवा शाखाको वार्षिक कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका मुक्त कमैयाहरुलाई उक्त बाख्रा वितरण गरिएको हो ।

बाख्रा वितरण कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नम्बर ३ का वडा अध्यक्ष लगाएको सहभागिता रहेको थियो ।

कार्यक्रम मार्फत पालिकाको वडा नम्बर ३ स्थित मुक्त कमैया शिविरका २६ जना पशुपालक कृषक हरुलाई उक्त बाख्रा वितरण गरिएको हो । जस्मा २५ वटा माउ बाख्रा रहेका छन भने १ वटा (बोका) बाख्रा रहेको पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक अनिल ओलीले जानकारी दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार