बर्दगोरियाका उपाध्यक्ष गणेश राज गिरिद्वरा वडा र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको नियमितता बारे अनुगमन

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष गणेश राज गिरिले वडा कार्यालय र स्वास्थ्य चौकिमा कर्मचारीहरुको नियमितता संगै स्वास्थ्य सेवाका बारेमा अनुगमन गर्नु भएको छ ।

शुक्रवार उपाध्यक्ष गिरि, वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी सहितको टोलिले वडा नम्बर ६ को वडा कार्यालय ,कोटातुल्सिपुर स्वास्थ चौकी, वडा नम्बर ५ को कार्यालय र कोईलिभुरुवा स्वास्थ्य ईकाई केन्द्रमा कर्मचारीहरुको नियमितताका बारेमा अनुगमन गरेका छन ।

दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकाले जनताको सेवालाई थप चुस्त राख्न कर्मचारीको नियमितताका बारेमा चासो राख्दै अनुगमन गरिएको हो ।

जनताले सेवा लिन आउदा कर्मचारीको व्यबहार ,स्वास्थ्य संस्थामा औषधि भए नभएको बारेमा स्थलगत अनुगमन गरेका हुन ।

अनुगमन गर्दै पालिका उपाध्यक्ष गिरिले भने कर्मचारीहरुले सेवा लिन आउने जनतालाई सिष्ट ,नम्र व्यबहार गर्न निर्देशन दिनुभयो । साथै सबै कर्मचारीहरुले कार्यालय समयमै सरकारी पोषाक लगाई आउनु पर्ने समेत बताए ।

साथै पालिका उपाध्यक्ष गणेश राज गिरिले वडा नम्बर ५ र ६ मा निर्माण भइ रहेका बिकास निर्माणका योजनाहरुलाई गुणस्तरीय र सम्झौता अगावै सक्न निर्माण कम्पनी र उपभोक्ता समितिलाई निर्देशन समेत गरेका छन ।

उपाध्यक्ष तथा अनुगमन समिती संयोजक गिरिले पालिकामा संचालित योजनाहरु समय अगावै पूर्णता गर्न र बजेट फ्रीज नजावस भन्ने उद्देश्य अनुरुप अनुगमनलाई तिब्रता पारिएको बताए ।
अनुगमनका क्रममा पालिका उपाध्यक्ष गिरि र वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरिले ठाकुरद्दारामा रहेको जिर्ण कल्भर्ट, बिग्रेको सडक र निर्माण सम्पन्न भएको मन्दिरको अनुगमन गर्नु भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार