सुखड । कैलाली जिल्लामा रहेका ओझा बन्धुहरुको सेवा समाज बिस्तार गरिएको छ ।
बिहीवार घोडाघोडी नगरपालिका १ सुखडमा भेला भई घोडाघोडी, बर्दगोरिया, लम्कीचुहा र भजनिका ओझाहरुको सेवा समाज एकाई समिती गठन गरिएको छ ।
अध्यक्षमा केशव राज ओझा , उपाध्यक्षमा रमेश प्रसाद ओझा, सचिवमा सिद्धराज ओझा र कोषाध्यक्षमा सीता ओझा रहेका छन ।
यसै गरि सदस्यहरुमा बर्दगोरिया बाट कृष्ण प्रसाद ओझा (पदम) ,भजनीबाट नारायण ओझा, अन्य घोडाघोडी बाट बोध नारायण ओझा र नरेश राज ओझा रहेका छन ।
भेलामा ओझा सेवा समाज जिल्ला अध्यक्ष हेमराज ओझा ,जिल्ला सचिव गिरि राज ओझा ,घोडाघोडी नगरपालिका वडा नम्वर १ का अध्यक्ष घनश्याम ओझा लगाएत ओझा बन्धुहरुको सहभागिता रहेको थियो ।
साथै दुर्गा प्रसाद ओझाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएक छ । सबै अत्रि गोतृय ओझा बन्धुहरु एक हुनुपर्छ भन्ने उद्देश्य रहेको समेत भेलामा जानकारी गराईएको थियो ।