कैलाली । कैलालीमा प्रहरीको सक्रियतामा बजार सरसफाइ गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकाको मुख्य बजार सडकपुर बौनिया बजार प्रहरीको सक्रियतामा सरसफाइ गरिएको हो ।
मंगलवार बिहान ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाको सक्रियताम बजार चोक परिसरमा सरसफाइ गरिएको हो।
बर्दगोरिया गाउँपालिकाको मुटुको रुपमा रहेको सडकपुर बजारको आज सरसफाइ गरिएको हो । बजारको सुन्दरतालाई बचाउन आफुले गरेको फोहोर आफै सफा गर्नुपर्छ भन्ने सन्देश फैलाउन सरसफाई गरिएको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ । सोही क्रममा जाडो बाट बच्ने उपायहरु हीटर जलाएर बस्ने तरिका कुइरो लागेको समयमा सवारी साधन कसरी चलाउने र सडक कसरी काट्ने आगो ताप्दा ध्यान दिनुपर्ने कुराहरु समेत जानकारी गरिएको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी नायव नरीक्षक भगीरथ सिंह धामी वैज्ञानिक मिडियालाई जानकारी दिनु भयो । साथै आवत जावत गर्ने यात्रुका लागि बौनियाँ बजारको चोकमा दाउरा वितरण गरिएको थियो ।
प्रहरीको टोलीले बजारमा सरसफाइ गरेको हो । बजार क्षेत्रमा फोहर देखिएपछि पर्यावरण सफा र स्वच्छ राखेर मानव अनुकुल बनाउन सरसफाइ गरिएको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए ।