कैलाली । हाल तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो सँगै शीतलहर जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको छ। शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भने तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ। नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।