
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री महुन्याल मा.वि को १२ कोठे भवनको शिलान्यास गरिएको छ ।

बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उक्त १२ कोठे बिधालयको भवनको शिलान्यास गरेका हुन ।
राष्ट्रिय योजना आयोगको करिब डेढ करोड लागत उक्त भवन बन्न लागेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष धोज बहादुर सुनारले जानकारी दिए । अध्यक्ष सुनारका अनुसार उक्त भवन निर्माणको ठेक्का एल.डि.थ्री फिचर प्राइभेट लिमिटेडले पाएको छ । उक्त भवन २०८० साल असार मसान्तसम्म निर्माण कार्य सम्मान हुने गरि ठेक्का भएको उनले बताए ।
उक्त १२ कोठे भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष कुवरले विद्यालयको बृद्धि विकास र शैक्षिक गुणस्तरमा कुनै किसिमको सम्झौता नगरी समयमै निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार लाई सहयोग गर्ने बिद्यालय परिवारलाई आग्रह गरे । साथै निर्माण कार्यको ठेक्का पाएको ठेकेदारलाई पनि सम्झौता अनुसारको समय अवधि भित्र गुणस्तरीय रुपमा भवन निर्माण कार्य सम्पन्न गर्न समेत आग्रह गरे ।
उक्त भवन निर्माण कार्य सम्पन्न नभए सम्म पालिकाले आफ्नो तरिकाले छड्के अनुगमन गर्ने हुँदा कुनै पनि किसिमको गुणस्तरीय हिन हुने वा निर्माण कार्यमा ढिलासुस्ती नगर्न समेत बताए ।
साथै उनले उक्त भवनको निर्माणले विद्यालयको भौतिक पुर्वाधार विकास हुने र यसले विद्यालयको पठनपाठनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे ।