बर्दगोरिया ३ को लागि पुर्व साङ्सद साउदले गरेका कार्ययोजना

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिकासहित यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको पाइएको छ ।

आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के – कति योगदान गरे ? हामीले गरेको विकासे अध्ययनबाट यसको तथ्य खुलेको हो ।

माननीय रहदा साउदले बर्दगोरियाका हरेक वडामा दर्जन बढी योजना र बजेट दिएको पाइएको छ । जुन योजना अनुसार ५ लाखदेखि करोड बढीका छ्न । यस क्षेत्रको समुन्नत विकास र समृद्धिका लागि साउदले शैक्षिक ,भौतिक पुर्वाधार ,कृषि ,सिचाइ र खानेपानीमा विशेष काम गरेको पाइएको छ ।

तपाईं साङ्सद हुँदा आफ्नो कार्यकालमा जनताको लागि के -कति काम गर्नु भयो ? भन्ने हाम्रो प्रश्नम साउदले आफ्नो ५ वर्षिय कार्यकालमा हरेक घर-घरमा योजना पुर्याउन नसकेपनि हरेक गाउँ ,टोल र वडामा कुनै न कुनै योजना र काम पुर्याएको बताए । उनले जनताको निम्ति गर्नसक्ने धेरै काम र योजना र बजेट बिनियोजन गरेको थिए । थुप्रै योजनाको काम पनि सकिएको छ ,केही योजनाको काम भने स्थानीय स्तरमै भएको ढिलासुस्तीले पूरा भने नभएका हुनसक्छन् ।

प्रदेश सभा सदस्यका उम्मेदवार रहेका साउदलाई फेरि तपाईंको मात्रै उम्मेदवारी किन, जनताले फेरि किन तपाइलाई भोट दिने ? भन्ने प्रश्नमा उनले जनताको लागि आफुले अधि सारेका थुप्रै अधुरा योजना छ्न । ती योजना र कामगर्न का लागि मेरो उम्मेदवारी हो ।

यी हुन बर्दगोरिया ३ को लागि पुर्व साङ्सद साउदले गरेका कार्ययोजना
१. दुईवटा स्वास्थ्य इकाई भवन
२. खानेपानीको भवन निर्माण
३. रानिकुन्डा तटबन्ध
४ .दुईवटा डीप बोरिङ्ग निर्माण
५. न्यु ज्योति आधारभुत विद्यालयमा घेरा पर्खाल
६. रिङ्गरोड
७. रानिकुन्डा खल्ला तटबन्ध
८.बुटकौवा तटबन्ध
९. जगदम्बिके माविमा अत्याधुनिक शौचालय

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार