
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा आइतबारदेखि शुरु भएको पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजबाट शुरु हुने भएका छन ।
सडकपुर बौनिया युवा क्लबको आयोजनामा भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनल खेलको पहिलो खेल आज आयोजक सडकपुर बौनिया युवा क्लब र देविदल गण तेघरी (आर्मी) बीच हुने भएको छ ।
खेल आज दिउँसो २:३० बजे हुने आयोजकले जानकारी दिएको छ ।
यस्तै सेमिफाइनलको अन्तिम खेल भने भोलि हुने छ । सेमिफाइनलको अन्तिम खेल कोहलपुरको राइजिङ सहारा क्ल्व, र ब्वाइज युनियन लम्की बिच हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा, उत्कृष्ट डिफेन्स्क, उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने छन ।
प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्नेछ ।