बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको दानुफाटा शिविरमा करिब डेढ दशक पछि बिजुली बत्ति पुगेको छ ।
शुक्रबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले औपचारिक रुपमा बत्ती उद्घाटन गरे सङ्गै शिविरमा विद्युत संचालनमा आएको हो ।
कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै प्रमुख अथिती कुवरले यहाँका समस्या त्यहा वसोवास गर्ने नागरिकको मात्र नभई त्यो आफ्नो पनि समस्या भएको बताए । आफ्नो निरन्तरको प्रयास पछि हाल उक्त स्थानमा बिजुली आउन सफल भएको बताउदै अब चाडै नै वस्तीमा बालबिकास शिक्षा पनि संचालन हुने बताए ।
यस्तै यहाँका अन्य समस्याको पनि आफ्नो कार्यकाल भित्र समाधान गर्ने बताए ।
बिगत करिब १७/१८ वर्ष देखि उक्त ठाउमा बस्ती बस्दै आएको भएपनि त्यहा हाल सम्म बिजुली बत्ति पुगेको थिएन । बिजुली बत्ती नहुदा त्यहा स्थानीय वासिहरु सौर्य बत्ती (सोलार) बाट आफ्नो दैनिकी चलाउदै अएका थिए । तर आज बाट धेरै लामो प्रयास पछि उक्त बस्तीमा बिजुली पुगेको हो ।
बस्तीमा बिजुली बत्ति पुगेपछि त्यहा स्थानीय वासीहरु निकै नै खुसी भएका हुन ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित श्री न्यु लाली गुराँस ग्रामीण विद्युत सहकारीले उक्त वस्तीमा बिजुली पुर्याएको हो ।
कार्यक्रममा सभापतिको आसन बाट बोल्दै न्यु लाली गुराँस ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र न्यौपानेले आफुहरुले अन्धकारमा रहेको सङ्गो वस्तीलाई उज्यालोमा परिणत गर्न पाउँदा निकैनै खुसी भएको बताए ।
गाउँपालिका सरकारको ५ लाख र स्थानीय वासी प्रती घर ३/३ हजारका दरले आर्थिक संकलन गरे पछि आज त्यहा बिजुली पुग्न सफल भएको हो । उक्त वस्तीमा हाल ३१ घरधुरी रहेका छन ।