
काठमाडौं । देशभर थप ४८७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशाला मा ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
यस्तै १६४ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ । यता ३९ हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।