५, भाद्र २०७९ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको अन्तिम दाहसंस्कार आज हुने भएको छ। उनको शनिबार ७५ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । त्यसपछि पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

बिहान साढे ११ बजेदेखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ।

प्रतिनिधिसभा सदस्य गिरिको दुई सातादेखि मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। भारतमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल आएका गिरिलाई निमोनिया भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार