विज्ञान/प्रविधि

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला मौसम ?

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ। सोमबार तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
पुरा पढ्नुहाेस्
विभिन्न ठाउँमा हिमपातसहित वर्षाको सम्भावना

विभिन्न ठाउँमा हिमपातसहित वर्षाको सम्भावना

काठमाडौँ । मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म विभिन्न ठाउँमा हिमपातसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । भोलि सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका केही स्थानहरूमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ।   साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।  
पुरा पढ्नुहाेस्
आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने

नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
पुरा पढ्नुहाेस्
प्रभावकारी बन्दै दिगो विकास समाजका सामुदायिक क्रियाकलाप

प्रभावकारी बन्दै दिगो विकास समाजका सामुदायिक क्रियाकलाप

बौनिया । कैलालीको भजनीमा रहेको दिगो विकास समाजले समुदायमा लागु गरेका आफ्ना वार्षिक कार्यक्रम तथा परियोजनाहरूको अनुगमन गरेको छ । जिल्लाको टिकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले यी तिन वटै पालिकामा सञ्चालित विभिन्न कार्यक्रमहरूको अनुगमन गरेको हो । सन २०२६ को पूर्व सन्ध्यामा संस्थाले सन २०२५ मा गरेका कार्यक्रम, उपलब्धि, समस्या, चुनौती, आवश्यकता लगायतका विषयमा जानकारी लिन अनुगमन टोली समुदायमा स्तरमा पुगेको दिगो विकास समाजका परियोजना सहायक वासुदेव चौधरीले बताए । “सन २०२५ मा गरिएका क्रियाकलापहरू के कस्ता छन् भनेर सरोकारवाला स्थानीय पालिका हुन्छ र त्यस सँग पनि सरोकार राख्ने कृषि विकास शाखा, महिला विकास…
पुरा पढ्नुहाेस्
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।   आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानमान: देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा बाक्लो हुस्सु

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी…
पुरा पढ्नुहाेस्
कस्तो रहला देशभर आजको मौसम ?

कस्तो रहला देशभर आजको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानमान?

कस्तो रहला आजको मौसम पूर्वानमान?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको 

मौसम पूर्वानुमान; आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको 

काठमाडौँ । मौसम पूर्वानुमानका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि, हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
पुरा पढ्नुहाेस्
कस्ताे रहला आजको मौसम पूर्वानुमान?

कस्ताे रहला आजको मौसम पूर्वानुमान?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । बुधवार भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना  रहेको छ ।
पुरा पढ्नुहाेस्