मुख्य समाचार

कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

बर्दगोरिया । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जना रहेका छन । उनीहरु लागुऔषधसहित बुधवार नगरपालिकाको वडा नं. ३ स्थित चिसापानीबाट पक्राउ गरेको हुन उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटरसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।  
पुरा पढ्नुहाेस्
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । विहिबार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ५९…
पुरा पढ्नुहाेस्
मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । “आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा संविधान दिवसको पूर्वसन्धयामा बजार सरसफाई

बर्दगोरियामा संविधान दिवसको पूर्वसन्धयामा बजार सरसफाई

बर्दगोरिया । संविधान दिवसको पूर्वसन्धयामा कैलालीको बर्दगोरिया गाउँपालिकाको मूख्य बजार सडकपुर बौनिया बजार सरसफाई गरिएको छ । बर्दगोरिया गाउँपालिका कैलालीको आयोजनामा उक्त बजार सरसफाई कार्यक्रम गरिएको हो । बजार सरसफाई कार्यक्रममा बौनियाँ बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, शस्त्र वेश क्याम्प झगडपुर, अस्थायी ट्राफीक पोष्ट बौनीयाँ, स्थानीय व्यापारी र स्थानीय समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो । यस्तै भोली अर्थात असोज ३ गतेका दिन मनाइने संविधान दिवस बर्दगोरिया गाउँपालिकामा पनि दिप प्रज्वलन गरि भव्य रुपमा मनाइने भएको छ ।
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री महुन्याल माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो । विद्यालयको सामाजिक परिक्षण समिति संयोजक बिनोद कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौरा ले आफू निरन्तर यश विद्यालयको स्तर उन्नतिको लागि काम गर्दै आएको बताउदै आफ्नो बालबालिकाको भविष्य प्रति अभिभावक पनि चिन्तित हुन जरुरी रहेको बताए ।…
पुरा पढ्नुहाेस्
आजको मौसम पूर्वानुमान 

आजको मौसम पूर्वानुमान 

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । जसको प्रभावले देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जनाएको छ ।   जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।   आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भ(भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।…
पुरा पढ्नुहाेस्
आजदेखि सोह्र अर्थात पितृ पक्ष सुरु

आजदेखि सोह्र अर्थात पितृ पक्ष सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध सुरुवात भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । श्राद्ध अर्थात् पितृ पक्ष बुधबारदेखि अपराह्न कालमा दिवंगत पितृका नाममा तर्पण, सिदा दान र पिण्डदान गरी सुरू हुँदैछ। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृ प्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट…
पुरा पढ्नुहाेस्
अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको कोषाध्यक्षमा गौतम निर्बिरोध निर्वाचित

अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको कोषाध्यक्षमा गौतम निर्बिरोध निर्वाचित

कैलाली । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी को सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा सुन्दर गौतम निर्बिरोध निर्वाचित भएका छन । मंगलबार भएको प्रदेश सम्मेलन बाट गौतम निर्बिरोध सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन । गौतम राष्ट्रिय कलेज सुखका स्ववियु सभापति समेत रहेका छन । अध्यक्ष सहित अन्य पदका लागि भने निर्वाचन भएको छ। निर्वाचनको अन्तिम मतपरिणाम आउन बाकी रहेको छ । निर्वाचित भएपछि गौतमले संगठन एकढिक्का बनाएर कार्यबिधि हकहितमा आवाज बोल्ने बताएका छन।
पुरा पढ्नुहाेस्
देशभर चाडपर्व लाइइ लक्ष्चीत गर्दै ६१ स्थानमा सहुलियत पसल

देशभर चाडपर्व लाइइ लक्ष्चीत गर्दै ६१ स्थानमा सहुलियत पसल

काठमाडौँ । चाडपर्वको समयलाई लक्ष्चीत गर्दै सरकारले बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सोही अनुसार यस वर्ष पनि चाडबाडका लागि यही ७ गतेदेखि देशैभर सहुलियत मूल्य पसल सञ्चालन हुने भएका छन् ।   उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको हो ।   यी पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन ९जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा०…
पुरा पढ्नुहाेस्
राजेन्द्र महतोले गरे नयाँ दल घोषणा 

राजेन्द्र महतोले गरे नयाँ दल घोषणा 

१ असोज, काठमाडौं । राजेन्द्र महतोले आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोको अध्यक्षतामा नयाँ दल गठन गरेको घोषणा गरिएको हो । पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि सबै अधिकार महतोलाई नै दिइएको छ । अनलाइन खबरबाट
पुरा पढ्नुहाेस्