मुख्य समाचार

सहुलियत मूल्य पसल: हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सहुलियत मूल्य पसल: हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

रासस सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए । कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए। अरुवा मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५,…
पुरा पढ्नुहाेस्
मौसममा परिवर्तन:  बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै 

मौसममा परिवर्तन:  बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै 

कैलाली । बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।  मौसममा आएको परिवर्तनसँगै  जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँ गाउँमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामीको चाप बढेका छ । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढीमा भाइरल…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान 

कस्तो रहला आजको मौसम पूर्वानुमान 

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल कोसी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोसी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–६ मा मनायो मनाइयो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया–६ मा मनायो मनाइयो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं। ६ मा संविधान दिवस मनाइएको छ। वडा नम्बर ६ को आयोजनामा पृथ्वीपुर चौराहामा राष्ट्रिय झन्डा फहराउँदै दीप प्रज्वलन गरी भव्य रूपमा मनाइएको हो।   सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। फोटो फिचर  
पुरा पढ्नुहाेस्
चाडपर्व लक्षितः कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्व लक्षितः कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

कोहलपुर । बाँकेको कोहलपुर बसपार्कमा चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ । आउँदै गरेका चाडपर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै कोहलपुरस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बाँकेको कोहलपुर बसपार्क साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लामा जानको लागि प्रयोग गरिने बसपार्क हो । पूर्वपश्चिम राजमार्गमा पर्ने कोहलपुरमा यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यात्रु सहायता कक्षाको सुरुआत गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडादसैँ, दीपावली तथा छठ लगायतका चाडपर्वहरूको अवसरमा यात्रुहरूलाई पर्न जाने समस्याहरूको सहजीकरण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रु सहायता कक्षले चाडपर्वको बेला आवतजावत…
पुरा पढ्नुहाेस्
देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

कैलाली । देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ। हायसले ठक्करबाट घाइते भएका बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो । कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको बिहिवार दिउसो निधन भएको छ। उनलाई धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले ठक्कर दिएको थियो। हायसले ठक्करबाट घाइते भएका उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्। बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक सई पनि हुन्।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संविधान दिवस मनाइएको छ। पालिकाको मुख्य बजारको रूपमा रहेको बौनिया बजारमा राष्ट्रिय झन्डा फहराउँदै दीप प्रज्वलन गरी भव्य रूपमा मनाइएको हो।   सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।  फोटो फिचर
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

बर्दगोरिया । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जना रहेका छन । उनीहरु लागुऔषधसहित बुधवार नगरपालिकाको वडा नं. ३ स्थित चिसापानीबाट पक्राउ गरेको हुन उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटरसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।  
पुरा पढ्नुहाेस्
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । विहिबार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ५९…
पुरा पढ्नुहाेस्
मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । “आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी…
पुरा पढ्नुहाेस्