पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, कोसी र मधेसमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ । केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् डेबिड ढकालका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ…

















