
कैलालीको बर्दगोरियामा धारिलो हतियार प्रहारबाट एक किशोरीको मृत्यु
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाम धारिलो हतियार प्रहार बाट एक किशोरी गम्भीर घाइते भएकी एक किशोरीको मृत्यु भएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी बर्दगोरिया गाउँपालिका वडा ३ निवासी १७ वर्षीया यातना सेजुवाल थप उपचारका लागि धनगढी लगिएकोमा उनको उपचारका क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार बिहान करिब ९; ५० बजेको समयमा सोही पालिका वडा नम्बर १ निवासी ३२ वर्षीया नृप साउदले सेजुवाल माथी धारिलो हतियार प्रहार गरेका थिए । साउद र सिजवाल बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित राजधानी सेकुवा एण्ड…