
आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
काठमाडौँ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै अधिकांश बैंकहरुले साउनका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन । बैंकहरुको ब्याजदर हेर्ने हो भने कृषि विकास बैंकले असारमा ५.४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिँदै आएकोमा साउनमा ५.४० प्रतिशत दिने भएको छ । एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दती निक्षेपमा साउनबाट ६.२५ प्रतिशत दिनेछ । यस्तै अर्को ठुलो बैंक नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनका लागि ५.४० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले असारमा ५.७५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनमा ५.५० प्रतिशत ब्याजदर दिने बताएको छ । यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६…