
पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।…