नेकपाको आज सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा धनगढीमा हुँदै
कैलाली । आज (शुक्रबार) धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको पार्टी एकता सन्देश सभा हुँदैछ । पार्टीको आज सुदूरपश्चिम प्रदेशस्तरीय एकता सन्देश सभा हुन लागेको हो । धनगढीको क्याम्पस रोड चोक तथा चौराहाबाट आज बिहान ११: ३० बजे भेला भएर जुलुससहित पार्क मोडमा एकत्रित भइ रंगशालाको दक्षिण–पश्चिमको चौरमा १२ः३० बजे सन्देश सभा गर्ने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले बताए । गाउँ र शहर सबै ठाउँमा पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताले सन्देश सभाको बारेमा सन्देश पुर्याएको बताउँदै सभाका हजारौं जनताको सहभागिता रहने उनले दाबी गरे । रावलले जुलुस तथा सभाको शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनसँग गहन छलफल भएको बताउँदै…

















