बर्दगोरियाका एक पुरुष भारतको गुजरातबाट बेपत्ता

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ सुन्दरपुर निवासी ४० वर्षीया दान बहादुर कठरिया भारतको गुजारा बाट बेपत्ता भएका छन ।

रोजगारको सिलसिला श्रावण १८ गते भारत गएका उनी २३ गते भारतकै गुजरात बाट बेपत्ता भएका हुन ।

उनी सँगै रोजगारीको सिलसिलामा रहेका घोडाघोडी नगरपालिका गणेशपुर निवासी बुधराम चौधरीका अनुसार उनी राति एकासी आफै रुमबाट बेपत्ता भएको बताए । उनके भने, ” हामीहरु राति सँगै सुतेको थियौ, तर जब आफु उठे तब उनी त्यहा थिएन्न । त्यसपछि उनी आफ्नो सम्पर्कमा छैनन् ।

बेपत्ता भएका उनको परिवारजन तथा आफन्तले खोजी कार्य जारी गरेको बौनिया बजारका व्यापारी मधुकर सिजापतिले नौलो प्रेस लाई जानकारी दिए । उनले भने – अहिले परिवारजन तथा आफन्तले उनको खोजी कार्य जारी राखेका छन । यद्यपि उनलाई भेट्नु हुने वा देख्नु हुने जोसुकै व्यक्तिले नजिकैको प्रहरी कार्यालय तथा भारतको लागि सम्पर्क नम्बर 9328615775 र नेपालीको लागि आफ्नो मोबाइल नम्बर 9865630484 मा खबर गरिदिन हुन अनुरोध गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार