
कैलाली । कैलालीमा एक पसलमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित कैलारी गाउँपालिका वडा नम्बर ४ का सुरज चौधरीले सञ्चालन गरेको जिएस आटो पार्टस्मा आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागी विद्युतको तार सर्ट भएर लागेको बताइएको छ ।
आगलागीबाट करीब ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगो प्रहरी, स्थानीय र दमकलको प्रयोगले नियन्त्रणमा लिइएको थियो ।
आगो लागेको घर पावर्ती पाण्डेको रहेको बताइएको छ ।