सहज युवा क्लबको आयोजनामा २२ जना महिलाले पाए सिलाइ मेसिन सहित तालिम

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ मा जिविकोपार्जन तथा आर्थिक विकासका लागि सीपमुलक तालिम प्रदान गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नं. ५ को आर्थिक सहयोग तथा सहज युवा क्लबको आयोजनामा २२ जना महिलाहरूलाई सीपमुलक सिलाइ कटाई तालिम सहित मेसिन प्रदान गरिएको हो ।


चालु आर्थिक वर्षको लक्षित बर्ग अन्तर्रगतको बजेटमा सहज युवा क्लबले वडाका अति विपन्न र सीप सिकेर आत्मनिर्भर हुन चाहने लक्षित २२ जना महिलाहरूलाई समेटेर तालिम दिएको थियो । चालु आर्थिक वर्षको लक्षित बर्ग अन्तर्रगतको ३ लाख ९८ हजार रुपैयाँ बजेटमा सञ्चालित सीपमुलक तालिमको शनिवार समापन गरिएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका वडा नं. ५ की वडा अध्यक्ष माया बिष्टले सिकेको तालिमलाई तालिममा मात्र सीमित नराखी व्यवहारमा कार्यन्वयन गर्न सहभागि महिलाहरूलाई आग्रह गरेकी छन । तपाइहरूले तालिम सहित मेसिन समेत पाउनु भएको छ उनले भनिन‘‘ ,यसलाई जिविकोपार्जन र आर्थिक विकासमा जोड्नु होला । धेरै महिलाहरूले विगतका दिनहरूमा अलि बदमासी गरेका देखेको छौ त्यस्तो नगरिदिनु होला उनले अनुरोध गर्दै भनिन् ’‘।

सहज युवा क्लबको आयोजना र वडा नं.५ को आर्थिक सहयोगमा भएको सीपमुलक तालिम तथा मेसिन बितरण ले जीवन जिउन सहज हुने सहभागि कल्पना कोइरालाले बताइन् । ’’श्रीमानको मृत्यु पछि हातमुख जोर्नै भए पनि माइतमा बस्दै आएकी थिए उनले भनिन्‘ आर्थिक अभावले जिउन निकै गाह्रो भएको थियो, अहिले सीपमुलक तालिम सँगै मेसिन पाए पछि आशा पलाएको छ ।≤

सहज युवा क्लबका अध्यक्ष पदम बहादुर तिरुवाको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रमको प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष माया बिष्ट रहेकी थिइन । कार्यक्रमको अतिथिमा वडा सदस्य भक्त बहाद बुढा ,पदम परियार, तालिम प्रशिक्षक सुशीला बि .क,समाजसेवि राम प्रसाद भण्डारी लगायतका रहेका थिए ।

क्बल का उपाध्यक्ष पुरन टमट्टाको स्वागत मन्तव्य स“गै सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सहसचिव सुरज बहादुर रावलले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार