बर्दगोरिया-४ मा पशुसेवा शाखा द्वारा बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा मुक्त कमैया ,दलित महिला ,एकल महिलाहरुलाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ । बुधबार बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बङ्गुरका पाठापाठी वितरणको उद्घाटन गर्नुभएको थियो ।

व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो”, बङ्गुरका पाठापाठी वितरण गर्दै पालिका अध्यक्ष कुवरले भन्नुभयो “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।”

गाउँपालिकाका अध्यक्ष कुवरले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । “हामीले दिएका बङ्गुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन”, उहाले भन्नुभयो, “हामी निरन्तर अनुगमनमा आउने छौँ । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।”

पालिकाको शतप्रतिशत लागत सहभागितामा वडा नम्बर ४ मा रहेका मुक्त कमैया ,दलित महिला ,एकल महिला गरि २५ जनाको समुहलाई एकएक वटा बङ्गुरका पाठापाठी वितरण गरिएको पशु सेवा शाखा प्रमुख जय प्रसाद कोइरालाले बताउनुभयो ।

“किसानको माग, उत्साह साथै बङ्गुरपालनका दृष्टिले प्रचुर सम्भावना भएकाले व्यावसायिक उत्पादनतर्फ जोड दिनका लागि यहाँका मुक्त कमैया, दलित एकल महिलाहरुलाई शत प्रतिशत अनुदानस्वरुप पाठापाठी वितरण गरेका हौं”, उहाँले भन्नुभयो , “यस कार्यले बङ्गुरको मासु उत्पादन तथा पाठापाठीमा आत्मनिर्भर बनाउने हाम्रो अभियानलाई पूरा गर्नेछ ।”

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार