नवलपुर बालबाटिका बिद्या मन्दिरको युवा रेडक्रस सर्कल गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अवस्थित नवलपुर बालबाटिक बिद्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ ।
विद्यार्थीहरुलाई पढाई सङ्गै अतिरिक्त क्रियाकलाप र मानव सेवामा समेत प्रेरित गर्ने उद्देश्यका साथ युवा रेडक्रस सर्कल गठन गरिएको बिधालयका संस्थापक प्रमोद मल्लले बताए ।
बालबालिकाहरु बिधालयको समय भन्दा अन्य समयमा नकारात्मक कार्यमा संलग्न नहुन र उक्त समय मानव सेवामा खर्च गरुन भन्दै समिति गठन गरेको संस्थापक मल्लले बताए ।
जसको अध्यक्षमा बिस्णा जैशी , उपाध्यक्षमा रोहन साउद , सचिवमा आचल कुमारी हमाल , कोषाध्यक्षमा दिपक बि।क, उपसचिवमा स्वपनिल कुँवर, सह कोषाध्यक्षमा खुस्बु मल्ल सहित गरि ११ सदस्यीय कमिटी गठन गरिएको छ ।
यस्तै युवा सर्कलका संरक्षकमा बिध्यालयका प्रीन्सिपल हर्क ओड , शिक्षक नायक बबिता खडका र सहयोगी शिक्षक नायक गोबिन्द मिश्र रहेका छन
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार