बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १ देखि ६ वडामा संचालित समाजमा बिद्यमान कुप्रथा न्यूनीकरण सम्बन्धि कार्यक्रम आज सम्पन्न भएको छ ।
बर्दगोरियामा संचालित समाजमा बिद्यमान कुप्रथा न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न
पालिकाको वडा नं ५ बाट सुरु भएको कार्यक्रम ६,१,४ हुँदै वडा नम्बर २ बौनिया बजारमा वडा नम्बर २ र ३ को संयुक्त कार्यक्रम गर्दै समापन भएको हो । बर्दगोरिया गाउँपालिका न्यायिक समितिको आयोजना तथा बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि .को सहकार्यमा उक्त कार्यक्रम शुक्रबार देखि सुरु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँ पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेशराज गिरि (लालदिप ) ले समाजमा विद्यमान कुप्रथा रुढीवादी परम्परा, छुवाछुत, अन्धविश्वास जस्ता प्रथाहरुको न्यूनीकरण हुन जरुरी रहेको बताउनु भएको थियो । यहाँबाट केही सिकेर समाजमा रहेका विकृतिहरू न्यूनीकरण गर्न पनि सहभागी सबैलाई आग्रह गर्नु भएको थियो । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि .का व्यवस्थापक सागर चौधरीकाे सभापतित्वमा भएको कार्यक्रमलाई यस क्षेत्रकै विज्ञ तथा बुद्धिजीवी डा. राम बहादुर चौधरीले प्रशिक्षण तथा छलफल चलाउनु भएको थियो ।
पालिकाको ६ वटै वडाको जनप्रतिनिधि, बर्घर, भलमन्सा, चौकीदार, युवा क्लब, लगायत गरी कुल २३५ जना सहभागीहरूको कार्यक्रममा सहभागिता रहेको थियो । भने कार्यक्रमलाई हरेन्द्र चौधरीले सहजीकरण गर्नुभएको थियो ।