टीकापुर घटनाका २ जना प्रतिवादीले पाए सर्वोच्च अदालतबाट सफाइ

काठमाडौँ । टीकापुर घटनाका २ जना प्रतिवादीले सफाइ पाएका छन । २०७२ सालमा कैलाली जिल्लाको टिकापुरमा भएको हत्याकाण्डका प्रतिवादीमध्येका दुई जनाले आज सर्वोच्च अदालत बाट सफाई पाएका हुन ।

सफाइ पाउनेमा सिताराम चौधरी र गंगाराम चौधरीले रहेका छन । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले दुई जनाले सफाइ पाउने फैसला गरेको हो ।

सर्वोच्चले  अन्य मुद्दा वा कारणबाट उनीहरुलाई थुनामा राख्न नपर्ने भए थुनामुक्त गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतमा लेखिपठाउन आदेश दिएको छ ।

यस्तै यसअघि उच्च अदालतबाट पाँच वर्ष कैद सजाय भएका लक्ष्मण थारुको हकमा ३ वर्ष कैद हुने अदालतले ठहर गरेको छ । यो प्रकरणमा मुछिएका अन्यको हकमा भने उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार