बौनिया । बर्दगोरिया गाउपालिका वाड न. ६ को जोकाही /पृथ्वीपुर जोड्ने कालोपत्र सडकको सिलन्यास गरिएको छ । गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उक्त कालोपत्र सडकको सिलन्यास गरेका हुन ।
संघीय सरकारको समपुरक कोष बाट उक्त सडक बन्ने भएको छ । उक्त सडकको ठेक्का जे एस बि आर कन्स्ट्रक्सन बौनियाले पाएको छ ।
पालिकाले ठेक्काका लागि आव्हान गरे बमोजिम जे. एस. बि. आर कन्स्ट्रक्सनले भ्याट सहित ५३ लाख,६५ ह्जार ६ सय २३ रुपैयाँमा सम्झौता गरेको छ ।
सो सडकको लम्बाई ११०० मिटर रहेको छ । उक्त सडक मिति २०८० साल असार १० गते भित्र सम्पन्न गरिसक्नु पर्ने छ ।
सिलन्यास गर्दै पालिका अध्यक्ष कुँवरले गुणस्तरिय काम गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन । उनले गुणस्तर संगै सम्झौता भएको समयावधिमा कालोपत्रको काम सम्पन्न गर्न समेत निर्देशन दिएका छन ।
सिलन्यास कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु, वडा सदस्य हिक्मत कठायत,समाजसेवी मीन बहादुर बम र निर्माण कम्पनीका संचालकको सहभागिता रहेको थियो ।