लम्की सांगितीक महोत्सव २०७९ को नगर उप-प्रमुख चौधरी द्वारा उद्घाटन

२, असोज २०७९ कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सव २०७९ को आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

लम्की एफ.एम.को आयोजनामा हुन लागेको महोत्सवको लम्की चुहा नगर उपप्रमुख जुना चौधरीले दिप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नगर उप प्रमुख जुना चौधरीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै यस महोत्सवले यहाँको व्यापार, व्यवसाय, कला साँस्कृतिक, भेषभुसा, तथा कृषि, पर्यटनमा थप टेवा पुग्ने बताइन । यस महोत्सवलाई सफल पार्न नगरपालिकाले गर्नु पर्ने सम्पुर्ण सहयोग गर्ने बताए ।

आफुहरुले निर्वाचनका बेला जनतामाझ गरेका बाचा अनुसार यस क्षेत्रको कला साँस्कृतिकलाई पनि विशेष जोड दिने बताइन ।

कार्यक्रम लम्की चुहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्टले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्दै वडा अध्यक्ष बिष्टले जुन नारा र उदेश्यका साथ संचालन गरेको छ, त्यसमा आफ्नो वडा बाट हुने सम्पुर्ण सहयोग गर्ने बताइन । यस्तै सोही क्रममा कैलालीको बर्दगोरिय गाउँपालिका वडा नम्बर २ मा रहेको साहारा घरलाई सहयोगार्थका लागि यो महोत्सव आयोजना गरेको कुरा सुन्दा आफू निकैनै खुसी भएको बताइन । यस्तै उक्त सहारा घरलाई पालिकाको तर्फ बाट हुने सहयोगका लागि आफुले आफ्नो कार्यपालिकामा समक्ष समेत कुरा राख्ने र आफुले आफ्नो व्यक्तिगत तर्फबाट हुने सम्पुर्ण सहयोग गर्ने बताइन ।

यस्तै कार्यक्रममा लम्की चुहा नगरपालिका ३ का अध्यक्ष लभ बहादुर शाहीले महोत्सवको शुभकामना व्यक्त गरेका हुन । यस्तै कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधिले पनि कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष, वडा सदस्यहरुको सहभागीता रहेको थियो ।
यस्तै नेकपा एमालेका जिल्ला कमिटी सदस्य राम बहादुर बोगटी,  नेकपा (माओवाद केन्द्र) का नगर कमिटी सचीव कमल भुल लगाएका पार्टीका प्रतिनिधिको सहभागिता रहेको थियोे ।

भाद्र ३० गते देखि असोज ९ गते सम्म हुने भनिएको उक्त महोत्सव मौसम खराबीका कारण आज असोज २ गरे उद्घाटन गर्नु परेको महोत्सव आयोजक लम्की एफएम का प्रबन्धक निर्देशक तिर्थ जैशीले बताए । महोत्सव अवधिभर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने भएकोले सबैले महोत्सवमा आई भरिपुर्ण मनोरञ्जन लिनसक्ने छन ।
महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत रहने बताएको छ । सोही क्रममा उनले भने महोत्सवलाई तोकिएको समय भन्दा केही दिन ढिलो भएकोमा आयोजक समितिको निर्णय अनुसार केही दिन थप हुन सक्ने बताए ।

महोत्सव मुल समिति संयोजक दिपक सुनारको स्वागत मन्तव्य सँगै शुरुभएको कार्यक्रमको संचालन पत्रकार मंगल बास्कोटेले गरेका थिए ।

हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा “स्वास्थ्य शिक्षा सुचना हाम्रो अभियान, कृषि साँस्कृतिक र पर्यटन हाम्रो पहिचान” भन्ने नारा सहित शुरु भएको महोत्सव असोज ९ गते सम्म संचालन हुने भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार