गाउँपालिका अध्यक्ष सहितको टोलिले गर्‍यो नदि कटान क्षेत्रको स्थलगत अवलोकन

१२, भाद्र २०७९, बर्दगोरिया (कैलाली) । बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवर र उपाध्यक्ष गणेश राज गिरि वडा अध्यक्ष सहितको टोलिले गए राती आएको बाढिले कटान गरेको वडा नम्बर ४ नौनिया नजिक अवलोकन गर्नु भएको छ । गए राती आएको बाढिले स्थानीयको जमिन बगाएर बगरमा परिणत गरेको छ । अनुगमन गर्दै बर्षातको समयमा हुने नदि कटानका कारण बस्ती र जमिन जोखिममा पर्न सक्ने भन्दै तत्कालका लागि धार परिवर्तन गरिने अध्यक्ष कुँवरले बताए ।

नदि कटानबाट परेको समस्यालाई ध्यानमा राखी जोखिम न्यूनीकरण गर्न तत्काल अस्थायी रुपमा बास र बोरा लगाएर रोकथाम र धार परिवर्तन गरिने बताए । उक्त ठाउँमा केही समय पछि तटबन्धन समेत गरिने अध्यक्ष कुँवरले बताए ।

आईतवार अध्यक्ष कुँवर सहित उपाध्यक्ष गणेश राज गिरि ,वडा नम्बर १ र ४ का अध्यक्ष क्रमशः मिथुन गौतम र जगत बहादुर शाही, प्राबिधिक अभिषेक रिमालले नदि कटान गरेको नौनिया क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ । तत्काल प्राबिधिकलाई स्टिमेट बनाउन अनुरोध गर्दै वडा अध्यक्ष लाई धार परिवर्तन गर्न तर्फ लाग्न निर्देशन दिनु भएको छ । 

सो क्रममा पालिका अध्यक्ष कुवरले तत्काल तटबन्ध निर्माणका लागि ठूलो रकम लाग्ने र पालिका संग बजेट नहुदा समस्या पर्ने भएकाले तत्कालका लागि जोखिम टार्न यी नदीबाट जोखिममा परेका मानव बस्ती र जमिन जोगाउन नदीको धार परिवर्तनको विकल्प नभएको बताए । उनले भने – सबैभन्दा ठूलो कुरा बस्ती जोगाउनु हो, त्यसैले वर्षातको समयलाई ध्यानमा राखी जोखिम टार्न नदीको धार तत्काल सुरु गर्न प्राबिधिक र वडा अध्यक्षलाई निर्देशन दिनु भयो । 

नदीको कटान बर्दगोरियाको एक ठूलो समस्या हो, पालिका उपाध्यक्ष गिरिले भने नदि कटान बाट हुने क्षति रोक्न र बस्ती जोगाउन अहिलेको लागि नदीमा धार परिवर्तन आवश्यक छ । नदी कटानका कारण यहाँका वस्तीबाट सयौं घर धुरी बर्सेनि विस्थापित हुनुपर्ने स्थिति छ । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार