दलित महिला संघ (fedo) को आयोजनामा बर्दगोरियामा कानुनी सचेतता सम्बन्धि दुई दिने तालीम सम्पन्न

११, भाद्र २०७९
बौनिया कैलाली । कैलाली बर्दगोरियामा अगुवा महिला अभियन्ता र सञ्जालका प्रतिनिधिहरुलाई कानुनी सचेतता सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

दलित महिला संघ (fedo) कैलालीको आयोजना र foundation just society (fjs) को सहयोग मा संचालन भएको कार्यक्रम सनिवार सम्पन्न भएको हो ।

“समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद” भन्ने मुल नारा सहित शुरु भएको अगुवा महिला अभियन्ता र सञ्जालका प्रतिनिधिहरुलाई कानुनी सचेतता सम्बन्धि दुई दिने अभिमुखिकरण तालीमको प्रशिक्षण कानुन अधिवक्ता गणेश कडायतले गरेका हुन  ।

उक्त २ दिने तालिममा सहभागी महिला हरुलाइ कानुन भनेको के हो? कानुनी नयाँ ब्यवस्था कस्तो छ ? संविधानमा हाम्रो हक अधिकार कसरी समेटिएको छ?  लगाएका  विभिन्न कानुनी प्रावधान तथा मानवअधिकार सम्बन्धि कानुनी व्यवस्थाको बारेमा तालिममा प्रशिक्षण गरिएको थियो ।

फेडोका कैलाली जिल्ला सदस्य सीता बिश्वकर्मा को सभापतित्वमा भएको कार्यक्रमको संचालन दलित महिला संघ फेडो कैलालीका बिनोद घिमिरेले गरेका थिए।

कार्यक्रमको समापन गर्दै बिश्वकर्माले तालिममा सहभागिता भएर मात्र नहुने बताईन । तालिममा सहभागी भएर जुन आफ्नो अमुल्य समय दिनुभएको छ, त्यसलाई  व्यवहारमा ल्याउन समेत आग्रह गरिन ।

कार्यक्रममा गर्दगोरिया गाउपालिकाका करिव १५ जना महिलाको सहभागी रहेको थियो।

कार्यक्रम भाद्र १० र ११ गते गरि दुई दिन सम्म संचालन भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार