
बर्दगोरियामा । बर्दगोरियाम बिहिबारबाट सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएका छन्। शुक्रबार भएको पहिलो खेलमा बौनिया बजारलाई ४-० गोल अन्तरले हराउँदै सुनचाँदी व्यवसाय संघ विजय बनेको छ।बर्दगोरियामा जारी मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत आज चार खेल सम्पन्न

त्यस्तै शुक्रबार नै सम्पन्न दोस्रो खेलमा जनप्रतिनिधिको टिमलाई ४-० गोल अन्तरले हराउँदै सामुदायिक विद्यालयको टिम विजय भएको छ। शुक्रबार सम्पन्न तेस्रो खेलमा मुडा बजार र कर्मचारीले समान १-१ गोल गर्दै अंक बाडेका छन् । यस्तै शुक्रबार नै सम्पन्न अन्तिम खेलमा आयोजक बर्दगोरिया पत्रकार मञ्चले संस्थागत विद्यालयको टिमलाई १-० गोल अन्तरले हराउँदै सहज जित निकालेको छ।
यस्तै शनिबार बिहान सुन चाँदी व्यावसायी संघका विरुद्ध प्रतिस्पर्धा गर्नेछ भने शनिबार हुने दोस्रो खेलमा जनप्रतिनिधिका विरुद्ध संस्थागत विद्यालयले प्रतिस्पर्धा गर्नेछ। यस्तै शनिबार हुने तेस्रो खेलमा सुन चाँदी व्यवसायी संघका विरुद्ध कर्मचारीको टिमले प्रतिस्पर्धा गर्नेछ भने शनिबार नै हुने अन्तिम खेलमा मुडा बजारले बौनिया बजारसँग प्रतिस्पर्धा गर्ने आयोजना बर्दगोरिया पत्रकार पत्रकार मञ्चले जनाएको छ ।
















