बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा प्रथम पालिका स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता शुरु भएको छ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बलकन्या माध्यामीक विद्यालयको आयोजनामा उक्त पालिका स्तरीय प्रथम मैत्रीपुर्ण भलिवल प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा पालिकाका ७ वटा विद्यालयको सहभागीता रहेको छ।

उक्त भलिबल प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उदघाटन गरेका हुन् ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णबहादुर कुँवरले आफू निवार्चित भएदेखि निरन्तर शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता मा राखेर अगाडी बढेको बताउँदै पढाइ सङ्गै खेलकुद क्षेत्रमा समेत आफ्नो ध्यान केन्द्रित भएको बताए।
आगामी दिनमा पनि आफू निरन्तर बर्दगोरियाको शैक्षिक क्षेत्रलाई पुर्ण प्राथमिकता दिँदै समग्र पालिकाको विकासमा जोड दिने बताए ।
यस्तै आजको पहिलो खेल श्री बसन्त मुरारी नमुना माध्यमिक विद्यालय र श्री माध्यमिक विद्यालय कोटातुलसीपुर बीच भएको थियो । उक्त खेलमा श्री माध्यमिक विद्यालय कोटातुलसीपुर विजयी भएको हो ।
यस्तै आजको दोस्रो खेल श्री कालिका मावि नौनिया र श्री महुन्याल माध्यमिक विद्यालय बीच भएको थियो, जसमा श्री कालिका माध्यमिक विद्यालय विजय भएको छ भने आजको अन्तिम खेल श्री जगदम्बीकी माध्यमिक विद्यालय र श्री मोती भागरती विद्यालयबीच भएको खेलमा श्री जगदम्भिके भगवती माध्यमिक विद्यालय विजय भएको हो।
यस्तै भोलिको पहिलो खेल श्री माध्यमिक विद्यालय कोटातुलसीपुर र श्री जगदम्भिके भगवती माध्यमिक विद्यालय रानीकुण्ठ बीच हुनेछ भने भोलिको दोस्रो खेल श्री कालिका माध्यमिक विद्यालय र आयोजक श्री बालकन्या माध्यमिक विद्यालय बीच हुने आयोजक बालकन्या माध्यमिक विद्यालयका खेल संयोजक जनक रिमालले जानकारी दिए।
खेलमा प्रथम टिमले ३० केजीको बोका र दोस्रो हुने टिमले २० केजीको बोका जित्नेछन् ।
















