बर्दगोरिया १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम शुरु

कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम सुरु भएको छ । स्थानीय तहमा सक्षम नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम प्रभावकारी रूपमा सुरु भएको हो ।

तालिममा नेतृत्व क्षमता विकास सम्बन्धी सहजीकरण लोकेन्द्र बिष्टले गर्नुभएको थियो । उहाँले नेतृत्वको आधारभूत अवधारणा, असल नेतामा हुनुपर्ने गुण, निर्णय क्षमता, संचार सीप, समय व्यवस्थापन तथा समूहलाई प्रभावकारी रूपमा अगाडि बढाउने तरिकाबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो ।

तालिमका क्रममा सहभागीहरूलाई समूहगत अभ्यास, प्रस्तुतीकरण तथा अन्तरक्रियामार्फत सिकाइलाई अझ प्रभावकारी बनाइएको थियो । यस्ता तालिमले स्थानीय तहमा आत्मविश्वासी, सक्षम तथा जिम्मेवार नेतृत्व उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

आयोजकका अनुसार, आगामी दिनमा पनि यस्ता क्षमता विकास सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै समुदायस्तरमा नेतृत्व विकास, सचेतना अभिवृद्धि तथा सामाजिक रूपान्तरणमा थप टेवा पुर्‍याइने योजना रहेको छ ।

कार्यपालिका सदस्य मिरा आले मगरले स्वागत गरेको कार्यक्रममा जुनकीरी नेपालकी अध्यक्ष अपेक्षा रोकयाले शुभकामना मन्तव्य व्यक्त गरेकी थिईन । मिथुन गौतमको सभापतित्वमा सुरु भएको कार्यक्रमको संचालन पदम राज ओझाले गर्नु भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार