काठमाडौं । नेकपा (एमाले) ले पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । अवरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका जवाफ दिएपछि एमालेले पनि सदन बहिष्कार गरेको हो ।

त्यसअघि नेकपा, श्रम संस्कृति र राप्रपाका सांसद बैठक छाडेर हिँडेका थिए ।
बैठकमा कांग्रेसका सांसद उभिरहेका छन् । अहिले सांसदको संशोधन निणयार्थ पेस भइरहेको छ ।















