काठमाडौं । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार (वैशाख १९) स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् ।
त्यस्तै, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपतिले यसअघि शुक्रबार (वैशाख १८) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ९तेस्रो संशोधन० अध्यादेश गरेका थिए ।
त्यस्तै, बिहीबार (वैशाख १७)मा सहकारी ।पहिलो संशोधन० अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए ।















