![](https://naulopress.com/wp-content/uploads/2024/10/sudur-prime-dental-final.gif)
बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा नि:शुल्क महाप्रस्थान यान संचालनमा आएको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको नेतृत्वमा नि:शुल्क महाप्रस्थान यान संचालनमा आएको हो ।
पालिकामा नि:शुल्क महाप्रस्थान यान संचालनमा आए सङ्गै मानिसको मृत शवलाई सम्मानजनक तरिकाले आर्यघाटसम्म पुर्याउन सकिने गाउँपालिका अध्यक्ष कुँवरले बताए । विगतमा पालिकामा शव बोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई सवारीसाधन खोज्न समस्या परेको अवस्थामा अब भने पालिकाले संचालनमा ल्याएको निःशुल्क महाप्रस्थान यानले निकै राहत दिने बताए ।
साथै पालिकाले मृत्यु पश्चात् घरपरिवार लाई किरिया खर्च बापत जनही १० हजार नगद उपलब्ध गराउने अध्यक्ष कुँवरले बताए । पालिकाले मृत्यु पश्चात् आफ्ना नागरिकलाई सहज होस भन्ने उद्देश्यका साथ गाउँपालिकामा निर्णय भएको बताए । उनले घरपारिवारमा शोक परेको अवस्थाम केही राहत होस भन्ने उद्देश्यका साथ आफुहरुले सहयोग गर्न खोजेको बताए ।
शव बोक्न अरुले सवारीसाधन दिन नचाहने र उपयुक्त वाहन नहुँदा शवलाई सम्मानजनक रुपमा आर्यघाटसम्म पुर्याउन स्थानीयले भोगिरहेको समस्या देखेपछि बर्दगोरियाका अध्यक्ष कुँवरले महाप्रस्थान यान संचालन गरेको बताएका छन् । ‘परिवारको सदस्य गुमाएर शोकाकुल रहेका बेला पैसा तिरेर पनि शव बोक्ने साधन पाउन समस्या थियो । सम्मानजनक रुपमा आफन्तको शव आर्यघाटसम्म पुर्याउन सकुन् भनेर यो महाप्रस्थान यान संचालन गरेको अध्यक्ष कुँवरको भनाई छ ।
महाप्रस्थान यानले लम्की चुहाको चिसापानी आर्यघाट, बर्दगोरियाको दमौरी आर्यघाट, र ६ वटै वडाका विभिन्न आर्यघाटसम्म शव पुर्याउन संचालन हुने छ । अब उपरान्त सर्वसधारणले आफन्तको शव यात्रा गर्न नि:शुल्क महाप्रस्थान यान प्रयोग गर्न पाउने छन्।
हाललाई अध्यक्ष ज्युको सचिवालय प्रमुख देबेन्द्र शाहीको सम्पर्क नम्बर ९८४३८८२४८१ र सवारी चालक ज्ञानु चौधरिको मोबाईल नम्वरमा ९८५८४८९१३० फोन गर्ने बित्तिकै घरमै नि:शुल्क महाप्रस्थान यान पुग्ने छ । चालक, ईन्धन लगायत यानको सबै खर्च भने पालिकाले नै बेहोर्ने छन् । बर्दगोरिया गाउँपालिकाका बासिन्दाका लागि मात्र यो नि:शुल्क यान संचालन ल्याएको उनले बताए।
यसअघि ट्रयाक्टर र ट्रकमा शव आर्यघाटसम्म पुर्याउने गरिएको थियो। यो यान संचानल सँगै मृत्यु भएको व्यक्तीको शव यात्रा सम्मान जनक ढंगले हुन पाउने छ ।
यसै गरि पालिका अध्यक्ष कुँवरले प्रदेश स्वास्थ कार्यालयबाट प्राप्त एम्बुलेन्स बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ लाई हस्तान्तरण गरेका छन । हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले भने बिकट जस्तो मानिएको वडा नम्बर ३ का नागरिकलाई स्वास्थ्यको पहुँचमा पुगाउन एम्बुलेन्स हस्तान्तरण गरेको बताए । उनले भने अब उपरान्त त्यस क्षेत्रका गर्भवती महिला लगाएत जटिल खालका बिरामिलाई सहज हुने छ । आफुले वडा नम्बर ३ लाई विशेष प्राथमिकतामा राखेर बिकासका काम अगाडी बढाएको छु ।
पालिकाकै लगानिमा अलपत्र अवस्थामा रहेका २ वडा झुलुङ्गे पुल निर्माण गरेर आवतजावत गर्न सहज गर्यौ । यसका साथै काडा नदिमा पक्की पुल निर्माण सम्पन्न भएको छ भ्न्ने कुईरा नदिमा पक्की पुलको काम अन्तिम चरणमा छ । यो पुल बने पछि मोहन्याल र बर्दगोरिया वडा नम्बर ३ का जनतालाई आवतजावत गर्न सहज हुने छ ।