श्री कालिका मा.वि.को आ.व.२०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री कालिका माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो ।

विद्यालयको सामाजिक परीक्षण समिति संयोजक करण सिंह बोहराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका कार्यपालिका सदस्य पुष्कर विक रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य विकले पालिकाको पहिलो लक्ष भनेको शिक्षा र स्वास्थ्य भएको हुँदा शिक्षामा गुणस्तरीयता कायम गर्नको लागि निरन्तर विद्यालयको साथमा रहिरहने कुरामा सम्पूर्ण शिक्षक तथा अभिभावकहरू ढुक्क रहन अनुरोध गरे । यस्तै सम्पूर्ण अभिभावकले आफ्नो बालबालिकाको भविष्य प्रति चिन्तित हुन जरुरी रहेको बताए ।

अभिभावकहरू चिन्तित भएको खण्डमा बालबालिकाहरू विभिन्न कुलतमा फस्न बाट बच्नुका साथै अपराधी क्रियाकलापमा समेत आबद्ध हुन बाट जोगिने भएकोले सबै अभिभावकले विद्यालयमा आफ्ना बालबालिका हाजिर हुन्छन् हुँदैनन्, पठनपाठन कार्य कस्तो चलिरहेको छ । भन्ने कुराको अनिवार्य रूपमा जानकारी लिन समेत अनुरोध गरे ।

विद्यालयका शिक्षक कुसुम राज चौधरीको स्वागत मन्तव्य सङ्ग सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक स प्रमोद साउदले गरेका थिए । यस्तै विद्यालयको आर्थिक वर्ष २०८०/०८१ को सम्पूर्ण वार्षिक प्रगत तथा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकिकरण विद्यालयका प्रधानाध्यापक उदय सिंह बिसीले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार