बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई गरिएको छ । ढुंगानाको सरुवा छिमेकी जोशीपुर गाउँपालिकामा भएपछि मंगलबार फेरि भेटौला कार्यक्रम अन्तर्गत विदाई गरिएको हो ।

बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि , विभिन्न शाखा प्रमूख तथा कर्मचारीहरुले ढुंगानालाई फूलमाला , अविर तथा दोसल्ला ओढाई विदाई गरेका थिए ।

अधिकृत ढुंगाना २०८० साल पुष ११ गते अछाम जिल्लाको बान्नीगढी गाउँपालिकाबाट बर्दगोरिया गाउँपालिकामा हाजिर भएका थिए । ढुंगानाको सरुवा ८ महिना पछि जोशीपुर गाउँपालिकामा भएको हो ।

विदाई कार्यक्रममा शिक्षा शाखा प्रमुख नन्दाकुमारी भट्टले स्वागत गरेकी थिईन् भने जनप्रतिनिधिका तर्फबाट गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदीप) , कर्मचारीका तर्फबाट प्रशासकीय अधिकृत ढुंगानालाई आगामी कार्यभारको सफलताको शुभकामनासहित विदाई गरे ।

कार्यक्रममा आफ्नो कुरा राख्दै अधिकृत ढुंगानाले बर्दगोरिया गाउँपालिकामा रहदा यहाँका नागरिक ,जनप्रतिनिधि तथा सरोकारवाला सबैको साथ र सहयोग पाएको बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार