बर्दगोरियामा डेंगी रोग सङ्क्रमणको जोखिम उच्च, दोदोधरा अस्पतालले गर्‍यो लाम्खुट्टेको लार्भा खोज तथा नष्ट

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालले पालिकामा डेंगी रोग सङ्क्रमणका बिरामीहरु बढ्न थाले पछि लाम्खुट्टेका लार्भा खोज तथा नष्ट गर्ने अभियान संचालन गरेको छ ।

जस अनुसार सोमबार आज अस्पतालले वडा नम्बर २ मा रहेको दोघरा आधारभूत स्वास्थ्य चौकी सङ्ग सहकार्य गर्दै पालिकाको वडा नम्बर १ र २ जोड्ने बौनिया बजारमा लाम्खुट्टेका लार्भा खोज तथा नष्ट गर्ने अभियान संचालन गरेको थियो ।

डेंगी रोग र यसको संक्रमण बारे दोदोधरा अस्पतालका जनस्वास्थ्य निरीक्षक युजिन कुस्मीले नौलो प्रेस सङ्ग कुरा गर्दै यस्तो बताए; “बर्दगोरिया गाउँपालिकाका किट जन्य रोग तथा झाडापखाला जन्य रोगहरुको जोखिममा रहेको छ, जस मध्य पछिल्लो समय विशेषगरि ५ वर्ष मुनिका बालबालिका, गर्भवती महिला र जेष्ठ नागरिकहरु डेंगु रोगको उच्च जोखिमा छन् । २०८१ बैशाख देखि हाल सम्मय पालिकाको ६ वटै वडामा ३३ जना डेंगु संक्रमित व्यक्तिहरु दोदोधरा अस्पतालमा पत्ता लागेका छन्। ज्वरो आएका धेरै जसो गाउँघरका बिरामीहरु रोगको निदानको दयारामा आउन् नसकि, सामान्य लक्षण चिन्ह भएर घरमै औषधि सेवन गर्ने तथा अन्य निजि किल्निक बाट औषधि सेवन गरि बस्ने गरेको हुँदा यो रोगको भार धेरै रहेको हामीले सहजै अनुमान गर्न सक्छौं । यो रोग खास गरि वर्षतको समयमा पोथी लामखुट्टे ९एडीज एजेप्ति र एडीज अल्पोबिक्तस० ले दिनमा धेरै जसो बिहान र साँझको समयमा टोक्ने गरेकोले उक्त समयमा एक ब्यक्ति बाट अर्को ब्यक्ति सम्म सहजै डेंगी सर्ने सम्भावना उच्च रहेको हुन्छ र यस समयमा तत्कालका लागि बच्ने उपायहरु अवलम्बन गर्नु पर्दछ । डेंगीको महामारी रोकथामका लागि हामीले लामखुट्टेका लार्भा उत्पादन हुने स्थानहरु खोजी जस्तैस कुलर, टायर, खाली भाँडाहरु, खाली बोतल, गमला लगायतका ठाउँमा पानी जम्मा हुन् नदिने तथा घर वरपर वातावरणीय सरसफाई गर्न अति आवस्यक हुने गर्दछ । डेंगी फैलाउने लामखुट्टेले एक पटकमा ६० देखि १०० वटा अन्डा पर्ने भएको र डेंगी संक्रमित लामखुट्टेको अन्डा र लार्भा समेत संक्रमित हुने भएकोले हामीले नियमीत रुपमा लार्भा खोज्ने र नष्ट गर्ने अभियान संचालन गर्नु पर्ने हुन्छ । ”

कार्यक्रममा पालिका को वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द विक लगाएत १ र २ का वडा सदस्य, दोदोधरा अस्पतालमा कार्यरत सिनियर अहेव अधिकृत जगदिश कुश्मी, जनस्वास्थ्य निरीक्षक युजिन कुस्मी, स्वास्थ्यकर्मी, स्वयंसेवीका, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम, दोदोधरा रेडक्रसका अध्यक्ष लक्ष्मी जैशी, स्थानीय ब्यापारी लगाएतको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार