बर्दगोरिया ६ मा नव आगन्तुक वडा सचीवको स्वागत

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका ६ नम्बर को वडा सचिव पदमा मदन जोशीलाई आएका छन ।

बर्दगोरिया गाउँपालिकामा एम.आइ.एस. अपरेटर पञ्चिकरण शाखामा कार्यरत जोशी मंगलबार देखि पालिका बाट सरुवा हुँदै वडा सचीव भइ वडा नम्बर ६ मा हाजिर भएका हुन ।

वडामा मंगलबार देखि औपचारिक रुपमा हाजिर भइ आएका वडा सचीव जोशी लाई वडा कार्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको छ ।

प्रमुख अतिथिको आसनबाट कार्यक्रम लाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौराले वडा सचीव र वडा अध्यक्षको सम्बन्ध नङ र मासु जस्तो हुनु पर्ने बताए । वडाको समग्र विकासमा वडा सचीवको प्रमुख भुमिका रहने हुँदा आफ्नो जिम्मेवारी सक्रिय रुपमा निर्वाह गर्नु पर्ने बताए । यस्तै कामकाजको समयमा कुनै पनि समस्या आएका आफुले वडा अध्यक्षको भुमिका बाट हुने सम्पूर्ण सहयोग गर्ने बताउदै वडा कार्यालय बाट प्रदान हुने सेवा सुविधा एक सच्चा राष्ट्रिय सेवक भएर दिन समेत अनुरोध गरे ।

सोही क्रममा वडा अध्यक्ष डगौराले कर्मचारी भनेको सेवा मुलक हुनु पर्ने कुरामा जोड दिए । उनले भने- “केही कर्मचारी हरु सेवा मुखि नभई सरकारलाई छल्दै स्वार्थ मुखि हुने गरेको पाईन्छ । तर ति स्वार्थ मुखि कर्मचारीले धेरै दिन सरकारलाई छल्न नसक्ने र एक दिन आफैले बनाएको पासोमा आफै फस्छ्न । तर उक्त अवधि भर उनीहरुले आम सर्वसाधारण जन्तालाई दुख्ख दिने गर्छछ । त्यस कारण कर्मचारी भनेको सेवा मुखि हुनु पर्ने हुन्छ ।”

वडा सदस्य धनसरा सुनरको सभापतित्वको कार्यक्रममा स्वागत मन्तव्य रितु चौधरी गरेकी थिइन ।

बर्दगोरिया गाउँपालिका ६ न वडाका कार्यालय सहयोगी रितु कुमारी चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा बर्दगोरिया ६ नम्बर वडा अध्यक्ष रामकृष्ण डगौरा रहेका थिए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथिमा सन्त समाजका अध्यक्ष डा.राम बहादुर चौधरी, जेष्ठ नागरिक मञ्च सुदुरपश्चिम प्रदेध सदस्य फत्तेलाल चौधरी हरेका थिए ।

यस्तै अतिथि ने क पा बर्दगोरियाका उपाध्यक्ष तथा सामाजसेवि ध्वज बहादुर सुनर , पृथ्वीपुर गाउँ समाज को भल्मन्सा लहानु चौधरी , पशु शाखा प्रमुख युवराज कठिरया रहेका थिए ।

कार्यक्रम सञ्चालन बर्दगोरिया ६ नम्बर वडा सदस्य नेहा चौधरीले गरेकी थिइन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार