कैलाली । बाजुरामा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको गौमुल गाउँपालिका ६ बसालाका ६८ वर्षीय दलबहादुर रोकाया रहेका छन ।
उनको बुधबार सुन्तलाको रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लाका एक अग्रणी किसानको रुपमा रहेका रोकायाको बुधबार सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।















