न्यू साहारा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित न्यु सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

शनिबार संस्थाका अध्यक्ष ज्योति टमटाको अध्यक्षतामा भएको वार्षिक साधारणसभाको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका का अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले केही व्यक्तिको आफ्नो आन्तरिक स्वार्थका कारण संस्था धरापमा राखेको भएपनि पछिल्लो कार्यसमितिले संस्थालाई पुन संस्थालाई क्रमश रुपमा माथि उचालेको छ। संस्थाले आगामी दिनमा निरन्तर उन्नति प्रगति गर्दै जाओस् भन्ने शुभकामना सहित पालिकाको तर्फबाट हुने सहयोगमा आफू निरन्तर अग्रसर रहेको बताए। सोही क्रममा उनले यदि संस्थाले आफ्नो भवन निर्माण गर्नको लागि जमिनको व्यवस्थापन गरेमा पालिकाको तर्फबाट भवन निर्माणको लागि आवश्यक बजेट विनियोजित गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वडा अध्यक्ष गोविन्द विकले संस्थाले आफ्नो वडासँग सहकार्य गर्दै अगाडि बढेमा वडाको तर्फबाट हुनसक्ने सहयोग निरन्तर रहने बताए ।

साधारण सभामा कोषाध्यक्ष टेकबहादुर जावलीले १७ लाख ४ हजार छ सय पाँच रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन पेश गरेका थिए।

संस्थामा हालसम्म ३ सय ३५ जना शेयर सदस्य रहेका छन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार