बर्दगोरिया धाममा फागुन १२ गते  देखि महाशिवरात्री मेला लाग्दै 

बर्दगोरिया ।  कैलालीको बर्दगोरिया गाउँपालिका-२  मा रहेको धार्मिक क्षेत्र बर्दगोरिया धाममा पहिलो पटक यश वर्ष महाशिवरात्री मेला लाग्ने भएको छ ।

सोमबार बर्दगोरिया विकाश क्षेत्र संरक्षण मञ्चका अध्यक्ष जगराम थारुको अध्यक्षतामा बसेको बैठकले यश वर्ष महाशिवरात्रीको अवसरमा महाशिवरात्री  मेला लग्ने निर्णय गरेको हो ।

उक्त मेला बर्दगोरिया धाममा महाशिवरात्री को अवसरपारी फागन १२ गते देखी १६  गते सम्म सञ्चालन हुने बताइएको छ । ४ दिन सम्म चल्ने मेलामा यस वर्ष दिनमा रामलिला र रातिमा  नौटङ्की नाचको प्रदर्शन रहने आयोजक बर्दगोरिया विकास क्षेत्र संरक्षण मञ्चका अध्यक्ष तथा मेला संयोजक जगराम चौधरीले जानकारी दिए ।

बर्दगोरिया धाममा महाशिवरात्री मेला यस वर्ष पहिलो वर्षको रूपमा सञ्चालन हुनेहुदा नौटङ्की नाच सहित रामलिला  समेत देखाइने आयोजकले जानकारी दिएको छ । छलफलमा स्थानीय व्यावसायी, बुद्धिजीवि, र भल्मन्साहरु लगायतले धारणा राखेका थिए । पौराणिक महत्वको बर्दगोरियामा धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि उनीहरुले जोड दिएका थिए ।  भेलाले भारतको धार्मिक रामलिला झाँकी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार