बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ स्थित सड्कपुर बौनियामा सञ्चालित धमला ट्रड एण्ड सप्लायर्समा गएराति आगलागी भएको छ ।
राति करिव साढे ८ बजेको समयमा ट्रड एण्ड सप्लायर्सको माथिल्लो तलाका रहेको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आगो करिव १ः३० घण्टा पछि टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय सड्कपुर बौनियाँ, सशस्त्र बेस क्याप झगडपुर, र स्थानीयको सहायतामा नियन्त्रण लगिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिने क्रममा स्थानीय टंक जोशी र इलाका प्रहरी कार्यालय बौनियाका १ जना प्रहरी जवान सामान्य घाइते भएका छन ।
यस्तै घर भित्रै रहेका धमला ट्रड एण्ड सप्लायर्सका सञ्चलाक द्वारिका प्रसाद धमलाका ८२ वर्षीय बुवा मोती प्रसाद धमला आगोमा निसासिएर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
आगलागी कसरी भयो ? क्षति कति भयो ? भन्ने बारेमा अहिले नै पूर्ण विवरण आई नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।