बर्दगोरिया-६ मा यस वर्ष पनि तिर्थ माघी मेला संचालन हुँदै 

बर्दगोरिया । गत वर्ष जस्तै यस वर्ष पनि कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा तिर्थ माघी मेला संचालन  हुने भएको छ ।

 बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा रामजानकी सेवा समाज सुङरखालले यसपटक पनि माघी मिलन तथा तिर्थ धार्मिक मेलाको आयोजना गर्ने भएको हो ।

आइतबार वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यतामा बसेको  बैठकले थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान, यसको पहिचानका साथै बर्दगोरिया ६ मा रहेको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया अस्थानको प्रवर्द्धनमा टेवा पुर्‍याउन मुख्य उद्देश्यका साथ मेला संचालन गर्ने निर्णय गरेको हो ।

बैठकले तिर्थ माघी मेला संचालनको लागि कलम बहादुर डगौराको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । जसको कोषाध्यक्षमा प्रावती देवि डगौरा, सचिबमा दुर्गा देवि सिंहलगाएत अन्य सदस्य रहेका छ्न ।

रामजानकी धार्मिक क्षेत्रको प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन, आपसी सद्भावका निम्ति आयोजना गर्न लागिएको मेलाको विशेष गरी थारु समुदायको नयाँ बर्षका रुपमा लिदै आएको माघी पर्वको अवसर पारी माघ १ गते उद्घाटन गरिनेछ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ६, स्थित रामजानकी मन्दिरको प्राङ्गण ,सुङरखालमा हुने कार्यक्रममा विभिन्न स्ट्ल ,राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथै विभिन्न झाकीहरुको समेत प्रस्तुती रहने छ ।

माघ १ गतेदेखि संचालन हुने मेला एक हप्तासम्म संचालन हुने जनाइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार