सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा पहेलो धातु सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एकैदिन सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार