चाडपर्व लक्षित बजार अनुगमनः खसीको भन्दै बाख्राको मासु बिक्री गरेपछि

सिरहा । चाडपर्वको बेलामा सिरहामा खसीको भनेर बाख्राको मासु बिक्री गरेको पाइएको छ ।

चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्र बनाएको लहान नगरपालिकाले अनुगमनको क्रममा खसीको भनेर बाख्राको मासु बिक्री गरेको पाएको हो।

समाचार स्रोतका अनुसार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा भएको बजार अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु. पाँच हजार जरिवाना समेत गरिइएको छ। तर, पसलेको विवरण भने खुलाइएको छैन।

यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिएका छन्।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो।

उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए।

अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार