महिला टी–२० विश्वकप: न्यूजिल्याण्डसँग भारत पराजित

काठमाडौँ । गएराति भएको आइसीसी महिला टी–२० विश्वकपमा भारत न्यूजिल्याण्ड सँग पराजित भएको छ ।
न्यूजिल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र जोडदैँ न्यूजिल्याण्डसँग ५८ रनले पराजित गरेको हो ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।
अब न्यूजिल्याण्डले अर्को खेल मङ्गलवार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार