काठमाडौँ । असोज ११ र १२ गतेको बाढी पहिरोबाट अवरुद्ध बिपी राजमार्ग दसैँअघि सञ्चालन नहुने भएको छ ।
बाढी पहिरोबाट राजमार्गको १२ किलोमिटर सडक बगेको छ । तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था नरहेको हो ।
उक्त राजमार्गमा झन्डै ५ सय बढी गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेका छन । हाल ती फसेकाहरुलो उद्धार कार्यको प्रयास भइरहेको र दसैँ अघिसम्म उनीहरूको उद्धार सक्ने मन्त्रालयले जनाएको छ ।